
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा पार्टीका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको छ ।
लाजिम्पाटस्थित निवासमा आज बिहान बसेको केन्द्रीय कार्यालय बैठकमा दाहालले बिहीबारबाट सुरू हुन लागेको भारत भ्रमणका विषयमा जानकारी गराउनु भएको हो ।
उहाँले नयाँदिल्लीमा रहँदा के–के विषयमा कुराकानी र छलफल हुने हो सो विषयमा पनि जानकारी गराउनु भएको स्रोतले जनाएको छ ।
बैठकमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहितका नेताहरूले राष्ट्रियहितलाई ध्यान दिएर मात्रै सन्धी सम्झौता गर्न सुझाव दिएका छन् ।
उनीहरूले भारतसँग सधै सतर्क रहेर कुरा अगाडि बढाउनु पर्ने उनीहरू दाहाललाई सुझाव थियो ।











प्रतिक्रिया