२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीले भारत भ्रमणको जानकारी सदनलाई दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandकाठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको जानकारी सदनलाई गराउनु हुने भएको छ ।

संसदको आज नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री दाहालले भोलि बिहीबारबाट हुन लागेको भारतको राजकीय भ्रमणका बारेमा जानकारी दिनु हुने संसद सचिवालय स्रोतले जनाएको छ । दाहालले त्यसका लागि समय मिलाउन निजी सचिवालयलाई निर्देशन दिनु भएको छ ।

विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनु पर्ने परम्परा छ ।

दाहालले बिहीबारदेखि भारतका औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । जम्बो टोलीको नेतृत्व गरेर दाहाल भोलि नयाँदिल्ली जानु हुनेछ ।