काठमाडौं, २९ भदौ । नेकपा (एमाले)का वरिष्ठ माधवकुमार नेपालले केपी ओली प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्ध नविग्रिएको दाबी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता नेपालले सुशील कोइराला नेतृत्वको सरकारकै पालादेखि नेपाल–भारत सम्बन्ध बिग्रिएको बताउनुभयो ।
‘केपी ओली प्रधानमन्त्री हुनु अगाडि देखिनै नेपाल–भारत सम्बन्ध विग्रिएको थियो’, उहाँले भन्नुभयो, ‘सुशील कोइराला प्रधानमन्त्री भएका बेला नै भारतले नाकाबन्दी लगाएको थियो । एमालेको पालाएमा होइन ।’
भारतसँगको सम्बन्ध सुमधुर होस् भन्ने पक्षमा एमाले पनि रहेको बताउनुभएका नेता नेपालले भन्नुभयो, ‘सम्बन्ध सुधार गर्ने बहानामा हाम्रो आन्तरिक मामिलामा भारतलाई ल्याउन सकिँदैन । भारतको मिचाह प्रवृत्ति पनि स्वीकार गर्न सकिँदैन ।’
संविधान संशोधनको अहिले कुनै औचित्य नरहेको बताउनुभएका वरिष्ठ नेता नेपालले अहिलेसम्म आफूहरू समक्ष संशोधनको प्रस्ताव नआएको बताउनुभयो ।
‘संविधान संशोधन गर्ने हो भने जनतामा जाने भोट ल्याउने र आफैले संशोधन गर्ने’, नेता नेपालले भन्नुभयो, ‘अहिले संविधान संशोधनको आवश्यक्ता छैन ।’











प्रतिक्रिया