१९ कार्तिक २०८३, बिहिबार

कारागारबाटै डिग्री गर्दै यी पाँच विद्यार्थी

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pachthar-karagar

– कृष्ण ओझा

पाँचथर, २८ भदौ । जिल्ला कारागार पाँचथरमा पाँच जना विद्यार्थी रहेका छन् । उनीहरु सवै खुल्ला विश्वविद्यालयको अवधारणा अनुसार सञ्चालित फिदिम उच्च माविमा अध्ययनरत छन् ।

गणतान्त्रिक सुधार गृह भनिएको कारागारमा कैदी र थुनुवाहरुलाई शिक्षाको व्यवस्था छ । कारागार ऐन अनुसार कैदी र थुनुवाहरुलाई शिक्षाको व्यवस्था गरिएको कारागार प्रशासनले जनाएको छ ।

कक्षा १२ मा अध्यय्नरत जिल्लाकै रानिगाउँ-८ तिङदेनका अम्विका खनालको सरकारी जागिर नपाए पनि निजी क्षेत्रमा जागिर खान सकिने भएकाले अध्ययन गरेको भनाई छ ।

कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उनको कारागारबाटै मास्टर्स डिग्री गर्ने सोच छ । कारागारमै रहेका फिदिम बुद्धमार्गका दिनेश राना मगर पनि निजी क्षेत्रमा जागिरका लागि अध्ययन् गरेको बताउँछन् । उनी कक्षा ११ मा अध्ययनरत छन् ।

कारागार प्रमुख सुरेन्द्र मुखियाका अनुसार कारागारबाटै सरिता लिम्वूले पनि कक्षा ११ मा अध्ययन् गर्दैछिन् । एसएलसीको रजिष्ट्रेसन फारम भने कारागारमै रहेका सुशिलद्धिप आङ्देम्बे र बसन्त चेम्जोङले भरेका छन् ।

अव कारागारमा आमासँगै रहेका ३ वर्षिय प्रभात लिम्वूलाई पनि शिक्षाको व्यवस्था गर्ने कारागार प्रमुख मुखियाले बताएका हुन । उनले कारागारमा शैक्षिक वातवरण तयार गरेको पनि बताएका छन ।