२८ कार्तिक २०८३, शनिबार

विमानको टायर पड्किदा क्याप्टेन विजय लामाले परराष्ट्रमन्त्रीसहित १५० यात्रुलाई यसरी बचाए

158.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

captain bijay lama-nepal

काठमाडौं, २८ भदौ । भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजको मंगलबार दिउँसो अवतरणका क्रममा पछिल्लो टायर पड्कन पुग्यो ।

निगमका प्रवक्ता रामहरि शर्माका अनुसार क्याप्टेन विजय लामाले उडाएको निगमको एयरबस ३२० लुम्बिनी जहाजको दिउँसो मध्याह्न १२ः४५ बजे अवतरण गर्न खोज्दा टायर पड्के पनि सहज रुपमा अवरण गरिएको थियो ।

सुरक्षित अवतरणपछि विमानस्थलको धावनमार्गबाटै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित १५० यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रुपमा बाहिर निकालिएको प्रवक्ता शर्माले जानकारी दिए । धावनमार्ग मै जहाज रहेका कारण केही समय आन्तरिक तथा बाह्य उडानमा समस्या आएको थियो ।

टायर पड्केपछि पनी सुरक्षित रुपमा जहाज अवतरण गराउने क्याप्टेन विजय लामाले भगवानलाई धन्यवाद दिएका छन् । उनले यो घटनालाई भगवानको आर्शिवाद भनेका छन् ।

कसरी गरे सुरक्षित अवतरण ? यसो भन्छन् क्याप्टेन विजय लामा

nepal-air-tyar

भारतको नयाँदिल्लीबाट जहाज उडाएर हामी (क्याप्टेन विजय लामा र क्याप्टेन सञ्जय पौडेल) काठमाडौंतिर लाग्यौ । चापागाउँको आकाश पुग्नेवित्तिकै हाम्रो जहाजले विमानस्थलको टावरबाट अवतरण अनुमति पाइसकेको थियो । त्यसपछि हामीले सहज तरिकाले अवतरण गराइरहेका थियौं, तर टावरबाट टायर पड्केको सूचना आउनेबित्तिकै जहाज आकस्मिक रूपमा रोक्यौं । हामीलाई टायरको स्थितिको बारेमा कुनै जानकारी नै थिएन् । सामान्य रुपमा अवतरण गरिरहेका थियौ तर, टावरबाट एक्कासी टायर पड्केको जानकारी आएपछि झसंग भयौं, तुरुन्तै जहाज रोक्यौं । यस्तो आकस्मिक घटनामा तत्काल सूचना र चालकदलको चलाखी महत्वपूर्ण हुन्छ । हामीले समयमै सूचना पायौ र दुर्घटनाबाट जहाजलाई जोगायौं । हामीले यात्रुलाई पनी टायर पड्केको जानकारी गरायौ । नआत्तिन आग्रह गर्यौ । धावनमार्गमा जहाज रोकिँएपछि यात्रु लिन तुरून्तै गाडीहरू आइपुगे । त्यसपछि सिनियर क्याप्टेन सुवर्ण अवाले ककपिटमा आउनुभयो, हामीले छलफल गर्यौं, एकदमै सहज रूपले जहाज कन्ट्रोल गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो, यात्रु पनि अत्तालिएनन, खुसीका साथ गए । बसको टायर पड्केजस्तै हो, धेरै ठूलो कुरा हैन तर यस्तोमा तुरून्तै जहाजलाई सन्तुलनमा ल्याउनु पाइलटको चुनौती हो ।

air-lumbani

विमानमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत चढ्नुभएकोले अलि बढी चर्चा भयो । तर, म विमान चालक हुँ, मेरा लागि भीआइपी, भीभीआइपी सबै उस्तै हुन् । मैले सबै यात्रुलाई सकुशल अवतरण गर्न सकेँ । म मेरा सबै टिमलाई धन्यवाद दिन चाहन्छु । सबैले सावधानी नअपनाएको भए जे पनि हुने थियो । सबै सकुशल भयौँ । फेरि पनि सबैलाई धन्यवाद अर्पण गर्न चाहन्छु ।