काठमाडौं, २८ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भारत भ्रमणको निम्तो सरकारले अहिलेसम्म नदिएको जनाएको छ ।
एमाले उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय वा परराष्ट्र मन्त्रालय कतैबाट दुई दिनपछि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेको भारत भ्रमणमा सहभागी हुनेबारे कुनै पनि जानकारी नआएको हो । यस विषयमा एमाले संसदीय दलको कार्यालयमा बुझ्न फोन गर्दा टेलिफोन उठेन ।
प्रधानमन्त्री कार्यालयले दश जना सांसद भएका दलहरूका तर्फबाट भारत भ्रमणमा प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ ।
प्रधानमन्त्री दाहालको भ्रमण टोली ४२ सदस्यीय हुनेछ । त्यस टोलीमा प्रमुख विपक्षी दल नेकपा (एमाले)लाई निम्तो पठाइ सकिएको प्रधानमन्त्री कार्यालयको दाबी छ ।
तर, प्रधानमन्त्री कार्यालयले सो विषयमा पत्र पठाए पनि सिंहदरबारभित्रै रहेको एमाले संसदीय दलको कार्यालयमा यो समाचार तयारपार्दा पत्र नपुगेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री कार्यालय र एमालेको संसदीय दलको कार्यालय सिंहदरबारभित्र हिँडेर जाँदा कम्तिमा पाँच देखि सात मिनटको दूरीमा पर्छ । यति नजिक हुँदा पनि प्रधानमन्त्री कार्यालयले किन पत्र पठाउन ढिला गरेको हो खोजबिनको विषय बनेको छ ।











प्रतिक्रिया