काठमाडौं, २८ भदौ । हुरुण इण्डिया रिचलिस्ट २०१६ मा ३ दशमलव ८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्ति बन्न सफल भएका छन् ।
उनी भारतका २५ औं धनी व्यक्ति बन्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत रहेका ४४ वर्षीय बालकृष्ण सुवेदीको पुख्र्यौली घर नेपालको स्याङ्जा भएपनि बिस्तारै बाबा रामदेवको सम्पर्कमा आएका कारण पतञ्जली योगपीठका सदस्य बन्नपूगेका थिए ।
अहिले उनको पतञ्जली योगपीठमा ९४ प्रतिशत शेयर रहेको छ ।
आयुर्वेदमा विज्ञता हासिल गरि, आयुर्वेद शिरोमणि हुँदै आचार्य बनेका उनी अहिले आचार्य बालकृष्णको नामले प्रसिद्ध छन् ।












प्रतिक्रिया