२ कार्तिक २०८३, सोमबार

आगामी संविधानको नाम ‘नेपालको संविधान’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan

काठमाडौँ, १२ भदौ । संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिले आगामी संविधानको नाम ‘नेपालको संविधान’ हुनेमा सहमति गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा उक्त सहमति भएको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जानकारी गराउनुभयो । बैठकले नेपालको स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्तालाई अपरिवर्तनीय विषयका रुपमा रहने गरी सहमति गरेको नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार मौलिक हक, मानवअधिकार, पे्रस स्वत्नत्रता, बहुलवाद, विधिको शासन, आवधिक निर्वाचन जस्ता विषयलाई प्रस्तावनामा समेट्ने सहमति भएको छ । प्रस्तावनामा समेटिने ती विषयको संशोधन गर्न संसद्मा दुई तिहाई मत कायम गरी त्यसलाई जनमतसङ्ग्रहमा लैजानुपर्ने सहमति भएको छ ।

संविधानका अन्य पक्ष एवम् विषय संशोधनका लागि प्रचलित कानुनअनुसार दुई तिहाई मतका आधारमा गर्नुपर्ने सहमति भएको केसीले बताउनुभयो । रासस