२८ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई सुझाव दिन किन गएनन ओली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Oli

.काठमाडौं, २८ भदौ । आफ्नो आसन्न भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् ।

प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा उतार्न प्रम दाहाललाई सुझाव दिएका थिए ।

उनीहरुले नेपाल–भारतबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको भन्दै यो सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान प्रम दाहालको भ्रमण सफल रहने विश्वास व्यक्त गरेका थिए ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रम डा बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता एवम् पूर्वप्रम माधवकुमार नेपाल र पूर्वप्रम लोकेन्द्रबहादुर चन्दले प्रम दाहाललाई सुझाव दिएका थिए ।

सुझाव दिन किन आएनन् ओली ?

भारत भ्रमणबारे परामर्श गर्न प्रधानमन्त्री प्रचण्डले सबै पूर्व प्रधानमन्त्रीलाई बोलाएका थिए । तर, अहिलेका प्रमुख नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परामर्शमा सहभागी भएनन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेपछि अहिलेसम्म बालुवाटार नछिरेका ओलीलाई प्रचण्डले परामर्शका लागि त्यहाँ बोलाएका थिए । तर, ओली त्यहाँ उपस्थित भएनन् ।

ओली उपपिस्थत नभएकोबारे के भन्छ प्रचण्डको सचिवालय ?

ओली उपस्थित नभएकोबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री प्रचण्डको सचिवालयले भने फरक जवाफ दिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री प्रचण्डलाई अलग्गै भेटेर राय–सुझाव दिएका बताए । ‘उहाँले बेग्लै भेटेर सुझाव दिनुभएको थियो त्यसैले आज नआउनु भएको होला ।’

प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्रीसँगको भेट लगतै राजनीतिक दलका प्रमुखहरुसँग भेट गरेका छन् ।