२८ कार्तिक २०८३, शनिबार

क्याप्टेन विजय लामाले उडाएको विमान ठूलो दुर्घटनाबाट जोगियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-air-tyar

काठमाडौं, २८ भदौ । भारतको नयाँदिल्लीबाट आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठूलो दुर्घटनाबाट बचेको छ ।

क्याप्टेन विजय लामाले उडाएको आर ए २०६ लुम्बिनी नामक विमान अवतरण गर्ने क्रममा पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट (फुटेको) भएको छ । तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन् ।

पाङ्ग्रा ब्रस्ट भएर धावनमार्गमा विमान रोकिएपछि विमानस्थल कार्यालयले १ बजेदेखि आकस्मिक रुपमा विमानस्थल बन्द गरेको स्रोतले बतायो । अहिले विमानलाई तानेर पार्किङतिर लैजाने कार्य भइरहेको छ ।

विमानमा भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि सवार थिए ।