१९ कार्तिक २०८३, बिहिबार

ओत लाग्ने ठाउँ नहुँदा प्रहरीको विजोग

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police

महेन्द्रनगर, २८ भदौ । कञ्चनपुरको बेतकोट नगरपालिका वडानम्बर– १ चम्फापुरकी रामदुलारी रानाको हत्या भएपछि हत्याको अनुसन्धान तथा सुरक्षाका लागी नियमित रुपमा ईलाका प्रहरी कार्यालय झलारीवाट २४ सै घण्टा प्रहरी खटिदै आएका छन ।

चम्फापुरकी २३ वर्षीया रामदुलारी रानाको गत जेठ १८ गते हत्या भएको थियो । स्थानीय प्रकाश मल्लसँग प्रेममा परेकी भनिएकी रामदुलारीको जेठ २२ गते शव फेला परेको थियो ।

उचित बस्ने ठाउ नहुँदा दिउसोको गर्मी र रातिको सित कारण प्रहरी जवानहरु बिरामी पर्न थालेका छन् । उनीहरुमा टाउको दुख्ने ज्वरो आउने लगायतका समस्याहरु समेत देखा परेको प्रहरी कर्मचारीहरु बताउँछन् ।