काठमाडौं । बडादशैँ नजिकिदै गर्दा बजारमा दशैं तिहारका गीतले प्रबेश पाउन थालेका छन् । खासगरि दशैं तिहारमा टीका थाप्ने र घरपरिवार, इष्टमित्रसंग भेटघाट गर्ने गरिन्छ । देश बिदेशमा पुगेका दाजुभाइहरु पनि नेपालीहरुको महानचाड दशैंसंगै घर परिवारमा फर्किने चलन पनि रहेको छ ।
तर दशैंमा श्रीमान् घर नफर्केपछि धेरै श्रीमतीको चित्त दुख्ने गरेको छ । श्रीमान्ले बिदा नपाएको र श्रीमतिले पर्खेर बसेको कथालाइ समेटेर मिडियाकर्मी कृष्णबाबु र शिलु भट्टराइले दशैं तिहार सम्बन्धि गीत बजारमा ल्याएका छन् । कृष्णबाबुको शब्द तथा अभिनयमा रहको गीत मर्मस्पर्शि बनेको छ ।
बुटवलका युवा निर्देशक बिष्णु भट्टराइले भिडियो तयार गर्न निकै मेहनत गरेका छन् । भिडियोमा रुपन्देहीका बिभिन्न स्थान र पाल्पा झुम्साका भर्जिन प्लेसलाइ छनोटमा राखिएको छ । ‘दशैंमा आउदिन जस्तो छ’ गीतमा चर्चित गायक खुमन अधिकारी र गायिका शिलु भट्टराइको सुरिलो स्वर भरिएको छ ।
एसके म्यूजिक प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोमा कृतना ज्ञवाली र आशिष भट्टराइले बालकलाकारको भूमिका निभाएका छन्
सो भिडियोमा कृष्णबाबु, उषा नेपाल, रमेश नेपाल, कुलचन्द्र पुरी, ललितको मुख्य अभिनय रहेको छ ।
श्रीमतीले घर आउन आग्रह गरेपनि बिदेशीएका श्रीमान् मालिकले बिदा नदिएपछि घर आउन नपाएर गाउ घर र श्रीमति परिवार सम्झेर चिन्तित बनेका छन् भने यता घरमा रहेकी श्रीमती श्रीमान्को पर्खाइमा दिनरात रोइरहेकी छन् ।
यसअघि कृष्णबाबु र शिलु भट्टराइले तीजमा बजारमा ल्याएको भँगेरी चरीले यसबर्ष सबैभन्दा बढि सफलता पाएको थियो ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया