१ कार्तिक २०८३, आइतबार

६क्का पञ्जा हेरेर कसले के भने ? (भिडियोमा हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

6ka-panja-1

काठमाडौं । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ६क्का पञ्जाले अहिले दर्शकको मन जितिरहेको छ । हाँस्य कलाकारसँगै नाम चलेका नायिका र नायकको बेजोड अभिनय रहेको ६क्का पञ्जामा राखिएका संवाद निकै घत लाग्दा छन् ।

जसलाई तीन पूर्व प्रधानमन्त्रीको साथमा मह जोडीले एकै साथ हेरेर मनोरञ्जन लिए । दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको ६क्का पञ्जालाई पूर्व प्रधानमन्त्री केपी ओली, झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताले मन पराएका छन् । हिजो बिग मुभिजमा भएको विशेष शो एमालेमय भएको थियो ।

6ka-panja

प्रधानमन्त्रीसहितका नेता तथा मन्त्रीहरुलाई निम्तो दिइएको भए पनि एमाले नेताहरुको बाहुल्यता हुनु संयोग मात्र रहेको निर्माता तथा कलाकार जितु नेपालले जानकारी दिएका छन् ।

नेताहरुसँगै वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि चलचित्रले निकै हँसाउनुका साथै समाजिक चेतनालाई राम्रोसँग प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।

हेर्नुस्, नेता र कलाकारको बिग मुभिजमा लागेको भिड र उनीहरुले दिएको प्रतिक्रियाः

https://www.youtube.com/watch?v=IzrQKimOZsU