१९ कार्तिक २०८३, बिहिबार

चिनीको पोकाभित्र भेटियो १८ राउन्ड गोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulletsकैलाली, २७ भदौ । कैलाली जिल्ला अन्तर्गत पर्ने नेपाल-भारत सिमानाबाट प्रहरीले ९ एमएम क्यालिभरको १८ राउन्ड गोली बरामद गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुदूरपश्चिम प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (RIT) को टोलीले आइतबार धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित नेपाल भारत सिमाना नजिकबाट ९ एमएम क्यालिभरको १८ राउण्ड गोली बरामद गरेको हो ।

प्रहरी टोली आइतबार उक्त स्थानमा पुग्दा अंदाजी १८ बर्षीय शंकास्पद रुपमा हिडीरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा १ केजी चिनी रहेको थैली फालेर भारतीय भुमीतर्फ रहेको मोहना नदी तरेर भागेका थिए । प्रहरीले उक्त थैली खोली हेर्दा चिनी भित्र ढाका कपडामा बेरी राखेको अवस्थामा उक्त गोली बरामद भएको थियो ।

फरार व्यक्तिको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।