काठमाडौँ, २७ भदौ । सांसदहरुले व्यवस्थापिका संसदका सदस्यहरुलाई गैरसरकारी संस्थाका कार्यक्रममा जान रोक लगाउन माग गरेका छन् ।
सोमबार बसेको संसदको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका डिल्लीराज काफ्लेले साम्राज्यवादी र विस्तारवादीसँग निकट रहेका गैरसरकारी संस्थालाई मुलुकको ऐन, कानुन बनाउने जिम्मा दिइनु दुःखद भएको भन्दै सांसदहरुलाई गैससका कार्यक्रममा जान रोक लगाउनुपर्ने बताए ।
उनले प्रमुख जिल्ला अधिकारीलाई रोक लगाउने तर, सांसदहरुल भने दौडेर जाने कार्य ठिक नभएको भन्दै सभामुखकको ध्यानाकर्षण गराए । सरकारले यसअघि ७५ वटै जिल्लाका सिडिओलाई एनजिओको कार्यक्रममा जान रोक लगाइसकेको छ ।













प्रतिक्रिया