काठमाडौं । निकै चर्चा र लोकप्रियता कमाइरहेको चलचित्र ‘छक्का पञ्जा’ तीन पूर्व प्रधानमन्त्रीले एकैसाथ हेरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले आइतबार साँझ सिटी सेन्टरमा एकसाथ छक्का पञ्जा हेरेका हुन् ।
चलचित्र हेरिसकेपछि पूर्व प्रधानमन्त्री ओलीले फिल्म राम्रो तर छक्का पञ्जा नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिएका छन् । ‘मुन्द्रे, माग्ने, दिपक दिपा भएको फिल्मले नहँसाउने त कुरै भएन,’ पूर्व प्रधानमन्त्री ओलीले भने, नाम छक्का पञ्जा भएपनि फिल्ममा संदेश र मनोरञ्जनको गतिलो संयोजन रहेको भन्दै प्रशंसा गरेका छन् । उनले यसो भन्दा हाँसो गुन्जीएको थियो ।

यस्तै, चलचित्रबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिल्मले संवाद नै पिच्छे हँसाएको प्रतिक्रिया दिएका छन् । उनले भने– ‘राम्रैसँग हाँसीयो तर वैदेशीक रोजगारीले ल्याएको सामाजिक समस्यालाई फिल्ममा हेर्दा विक्षिप्त हुन पनि बाध्य गरायो ।’ अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि फिल्मको प्रशंसा गरेका छन् । एमाले केन्द्रिय कमिटिका करिब एक दर्जन नेता छक्का पञ्जा हेर्न एकसाथ सिटी सेन्टर पुगेका थिए ।
यस्तै, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पूर्व प्रधानमन्त्रीहरुसँगै बसेर छक्का पञ्जा हेरेका छन् । आफ्नो पथमा रहेका हाँस्य कलाकारले निर्माण गरेका चलचित्रले दर्शकको मन जित्दा आफुलाई निकै खुशि लागेका उनीहरुले बताएका छन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=OXHq2BSVUNA

















प्रतिक्रिया