काठमाडौ । चलचित्र ‘लेकाली कान्छी’बन्ने भएको छ । राजु शुक्रबार अनामनरस्थित एक्सन स्टुडियोमा ‘मायालुको हेराई …’ र ‘लेकाली कान्छी ..’ बोलको दुई दुई गीत रेकडिङ गर्दै चलचित्रको काम शुरु गरिएको हो । राजु लामाको शब्द तथा रिमेश कुमारको संगीत रहेको उक्त गीतमा गायक मौसम मधुर र गायिका उमा शाह ‘शंकर’ स्वर दिए ।
शहरी भेगमा मात्र होइन पहाडी भेगमा पनि सुन्दरी हुन्छन् थिम माथी बन्न लागेको चलचित्रमा मिलन श्रेष्ठ ,सुसिल पोखरेल, दिनेश शर्मा, बिरेन डिसी, आरजु मोक्तान तथा बालकलाकार पुनम श्रेष्ठलगायत कलाकार मुख्य भुमिकामा रहने छन् । चलचित्रमा द्धन्द्ध अष्ट महर्जन र नृत्य दिनेश पाख्रिन र जनक कार्कीको रहनेछ । चलचित्रको छायांकन यही असोज १ देखि राजधानीबाट सुरु हँुदैछ ।
पहाडी सुन्दरीको कथालाई प्रेमकथा र एक्सन मिसाएर आफुले चलचित्र बनाउन लागेको निर्देशक राजु लामाले बताए । राजुले निर्देशक गरेको चलचित्र ‘द मंगोलियन हाट’ प्रदर्शनको तयारीमा छ । यस चलचित्र धिरेन शाक्य , सुसिल पोखरेल, राजु लामा, दिनेश पाख्रिन, रोशनी ब्रोन लगायतको अभिनय रहेको छ ।
















प्रतिक्रिया