काठमाडौं, २६ भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विभिन्न अभियानहरु संचालन गर्दै आइरहेको संस्था केआई नेपालको आर्थिक वर्ष ०७२-०७३ मा ७१५ जना महिला तथा बालिकाहरुलाई उद्धार गरेको छ । जस मध्ये ४१६ जना प्रहरीलाई जिम्मा लगाईएको, परिवार सँग पुर्नमिलन ६५९ जनालाई र पुनस्र्थापना ३९ जनालाई गर्न सफल भएको छ ।
१९ हजार ६२९ जना महिला तथा बालिकाहरुलाई मानब बेचबिखन बिरुद्ध परामर्श दिइएको संस्थाका कार्यक्रम निर्देशक ईन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।
उद्धार गरिएका मध्ये सबैभन्दा बढी दलित र जनजाति रहेका छन् । यस संस्थाको प्रयास र पिडितहरुको जाहेरीको आधारमा मानव बेचविखन तथा ओसारपसारसँग सम्बन्धित १७ वटा मुद्दा दर्ता भएका छन् । उद्दार गरिएका धेरै जसो महिला १६ देखि ३० वर्ष सम्मका रहेको संस्थाले जनाएको छ ।
संस्थाले आव २०७२–७३ मा पूर्नस्थापना गृहमा रही ७२ जना महिलाले सेवा प्राप्त गरेका छन् । ५३ जना नयाँ चेलीहरुले पुनस्र्थापना गृहमा प्रबेश गरेका छन् भने ७२ जना चेलीहरुलाई पुनस्र्थापना गृहमा राखी सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई परिवारमा पुर्नमिलन गराउन संस्था सफल भएको छ ।४८ जना चेलीहरु सिलाई कटाई तालिमबाट दिक्षित गरिएको छ भने हाल पुनस्र्थापना केन्द्रमा २८ जना किशोरीहरु रहेका छन जसमा ८ जना औपचारिक शिक्षा आर्जन गरिरहेका छन । अन्य किशोरीहरु सिलाइकटाई, हस्तकला सामाग्री निर्माण तथा बुनाई जस्ता सिपमूलक तालिम हासिल गरिरहेका छन् ।
पदमपुर–चितवन, बेनिमनिपुर–नवलपरासी, देवदह–रुपन्देही, र बुद्घबाटिका–कपिलवस्तुमा सस्थांले समुदायमा केन्द्रित भई चेली परियोजना संचालन गरिरहेको छ । परियोजना अन्तर्गत ५० चेली समूह र ४ वटा चेली सहकारी सस्थां स्थापना गरिएका छन् भने १३८७ जना सदस्यहरु आबद्ध भएका छन् जसले अहिले सम्म रु ६५,५२७०५।– वचत गर्न सफल भएका छन् । सहकारीहरुले समस्यामा परेका महिलाहरुको स्तर उन्नतिमा केन्द्रीत भएर काम गरिरहेका छन् । यस्ता सहकारीबाट सर्वसुलभ रुपमा ऋण लिई उनीहरुले सस्थां मार्फत तालिम लिई तरकारी खेती, बाख्रापालन, सिलाई बुनाई, हातेकडाइ लगायतका काम गरिहेका छन ।
त्यसैगरी सस्थांले विभिन्न समयमा हुने मानब बेचखिन बिरुद्धका कार्यक्रमहरुमा नेपाल सरकार र अन्य सघंससथांसगँ समन्वय गर्दै कार्यक्रमहरु गर्दै आइरहेको छ । र्याली, अन्तरक्रिया, पर्चा तथा पम्प्लेटहरु वितरण गर्दै समाजमा मानब बेचबिखन बिरुद्ध सचेतना अभिबिृद्धि गर्दै आईरहेको छ । साथै रेडियो जिङगल र सार्वजनिक हितका लागि सन्देशहरु प्रसारण भैइरहेको छ भने देशका ११ वटा सामुदायीक रेडियाबाट हप्ताको शनिबार रेडियो कार्यक्रम (४० श्रृखंला) चेलीआवाज प्रसारण भएका छन् ।
मोरङ, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देहि र बाकें जिल्लामा शाखा कार्यालय सहित १२ जिल्लामा सक्रियताका साथ सिमा निगरानी, आयमुलक, सिपमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको संस्थाको दशौ वार्षिक साधारण सभाले नयाँ कार्य समिती चयन गरेको छ । जसको अध्यक्षमा प्रभा घिमिरे, उपाध्यक्षमा तिर्थबहादुर राय क्षेत्री, सचिवमा बुद्धिकुमार श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रप्रकाश महर्जन र सदस्यहरुमा पवना थापा, प्रविना देवकोटा र युवराज बिक रहेका छन् ।













प्रतिक्रिया