१९ कार्तिक २०८३, बिहिबार

बैतडीमा दुई महिनामा सातजनाद्वारा आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suicide-Hanging

बैतडी, २६ भदौ । बैतडी जिल्लामा आत्महत्या घटना बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै सातजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा चार पुरुष र तीन महिला रहेका छन् ।

यस्तै आव २०७१÷७२ भन्दा आव २०७२÷७३ मा दोब्बरले आत्महत्याका घटना भएका छन् । २०७१÷७२ मा १६ जनाले आत्महत्या गरेकामा आव ०७२÷७३ मा थप १४ जना बढेकोे पाइएको प्रहरीको तथ्याङ्मा उल्लेख छ । जसमा १८ महिला र १२ पुरुष रहेका थिए ।

आत्महत्या गर्नेमा १५ देखि ६० उमेर समूहका छन् । आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण तनाव रहेको भेटिएकाले त्यसको न्यूनीकरण गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । तनावमा रहेका व्यक्ति घोरिने, बेलाबेलामा झस्किने, कसैसँग कुरा नगर्ने, बहकिने, एकान्त मन पराउने, लागुपदार्थ सेवन लगायतका लक्षण देखापर्ने भएकाले यस्तो लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिन त्यस्ता व्यक्तिलाई सम्झाई बुझाई गर्नुपर्ने, एक्लै यताउति जान नदिने गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवन लगायतका कारण पनि आत्महत्याका कारण रहेको अनुसन्धानमा भेटिएकाले यसलाई न्युनिकरण गर्न जनचेतनाको कार्यक्रम व्यापक रुपमा सञ्चालन गरिरहेको पनि सफलता पाउन मुस्किल भएको प्रहरी नायब उपरीक्षक राणाले उल्लेख गर्नुभयो । रासस