१९ कार्तिक २०८३, बिहिबार

चीनसँग भएका ऐतिहासिक सम्झौता तत्काल अघि बढाउन ओलीको माग

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, २६ भदौ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणबारे ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुझाएको ध्यानाकर्षणपत्रमा राष्ट्रिय हितवपरित कुनैपनि सम्झौता नगर्न प्रचण्डलाई सचेत गराइएको छ ।

यसैगरी ध्यानाकर्षण पत्रको बुँदा नम्बर दुईमा एमाले नेतृत्वको सरकारको पहलमा नेपालले चीनसँग गरेको पारबहन सुविधा प्राप्त गर्ने ऐतिहासिक सम्झौता, व्यापार–व्यवसाय बृद्धिका लागि यातायात सम्पर्क–सम्बन्धमा व्यापक बृद्धि गर्ने लगायतका दश सम्झौताहरु कार्यान्वयन गर्न माग गरिएको छ ।

बुँदा नम्बर दुईमा भनिएको छ- ‘नेपालले चीनसंग पारबहन सुविधा प्राप्त गर्ने ऐतिहासिक सम्झौता नेकपा (एमाले) को नेतृत्वमा संचालित सरकारका पालामा नै भएको हो । यसका साथै नेपाल र चीन बीच व्यापार–व्यवसाय बृद्धिका लागि यातायात सम्पर्क–सम्बन्धमा व्यापक बृद्धि गर्ने लगायतका दश सम्झौताहरु भएका थिए । यी सबै सम्झौताहरु नेपालको हितमा र दुई देशको पारस्परिक लाभमा आधारित छन् । यी सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस् ।’