१ कार्तिक २०८३, आइतबार

अभिनेत्री जैक्लीनले यसरी पोखिन दुखेसो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jackielinमुम्बई । सेलीब्रेटीको जिन्दगीमा उतार चढाव हुनु सामान्य कुरा हो ।

बलिउड अभिनेत्री जैक्लीन फर्नांडिसले कतिपय चिज कुनै समयमा मूखर्तापूर्ण हुने गरेको उल्लेख गरेकी छिन् ।

उनले सर्वसाधारणले सेलीब्रेटीहरूको समस्या नबुझेकोमा चिन्ता जनाएकी हुन् ।

सर्वसाधारण व्यक्तिहरूले कतिपय समयमा भुल्ने गरेका हुन्छन् कि सेलीब्रिटी पनि आमव्यक्ति हुन भनेर ।

३१ वर्षीया अभिनेत्री फर्नांडिलले कलाकारसँग सधैँ अनुशासनमा होउन भन्ने चाहना राख्नुले कलाकारमा ठूलो समस्या उत्पन्न हुने गरेको बताएकी छिन् ।

‘एउटा सेलिब्रिटीका रुपमा धेरै अपेक्षा गरिएको हुन्छ । यो मूखर्तापूर्ण पनि हुन सक्छ । व्यक्तिहरूले कतिपय पटक भल्ने गरेका हुन्छन् । हामी पनि सर्वसाधारण व्यक्ति हौँ भनेर भुल्नु हुँदैन’, जैक्लीन फर्नांडिसले भनेकि छिन्, ‘अरु व्यक्ति सरह हाम्रो जीवनमा उतार चढाव हुने गरेको छ ।’ त्यसले कलाकारको जीवनमा ठूलो प्रभाव पर्ने गरेको उनको भनाइ छ । – एजेन्सी