२८ कार्तिक २०८३, शनिबार

परराष्ट्र मन्त्रालयमा यसरी सुरु भयो डा.महतलाई असहयोग, मन्त्री पद नै धरापमा

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash Sharan Mahatकाठमाडौं, २६ भदौ । उर्जामन्त्री हुँदा अप्पर तामाकोशी होइड्रोको कमिशनका कारण बिबादमा परेर बद्नामी कमाएका अहिलेका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतको मन्त्री पद एकमहिनभित्रै धरापमा परेको छ । डा.महतलाई छिट्टै मन्त्री पदबाट राजीनामा दिने अवस्था आउँन लागेको स्रोतले जनाएको छ ।

पूर्व सहमतिअनुसार संघीय गठबन्धनबाट उपेन्द्र यादव उपप्रान एवम् परराष्ट्र मन्त्री बन्ने तयारीमा रहेपछि डा.महतले मन्त्री पद छाड्नुपर्ने अवस्था आउन लागेको हो ।

यसको संकेत हालै बसेको संघीय गबठनधनको बैठकमा अध्यक्ष यादवले आफू उपप्रधान एवम् परराष्ट्रमन्त्री बन्न लागेको संकेत दिएका छन् ।

यादवको सोही योजना थाहा पाएपछि मधेसी मोर्चाका चार वटा दल महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिलकुमार झाको नेपाल सद्भावना पार्टीले संघीय गठबन्धनको बैठक बहिष्कार गरेका थिए ।

कहिलेसम्म यादव उपप्रधान एवम् परराष्ट्र मन्त्री बन्ने हुन् सो विषयमा केही स्पष्ट नबताइए पनि दशैँ अगाडि डा.महतलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालय खाली गर्ने योजनामा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल लागेका छन् ।

संघीय गठबन्धनलाई अरु दुई मन्त्रालय पनि दिइनेछ । ती हुन् श्रम र सहकारी तथा गरिवी निवारण मन्त्रालय । श्रम मन्त्रीमा सूर्यमान गुरुङ छन् भने सहकारी तथा गरिवीमन्त्री हृदयराम थानी छन् । यी दुई मन्त्रीको पद पनि केही दिनका लागि मात्रै रहेको कांग्रेस स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्री खाली गराउन सजिलो होस् भनेरै सभापति देउवाले डा.महतलाई मन्त्री बनाएको स्रोतको भनाइ छ । होइन भने पहिला परराष्ट्र मन्त्रालयमा डा.शेखर कोइरालाको नाम थियो ।

डा.कोइरालालाई फिर्ता बोलाउन समस्या पर्ने भएकाले देउवाले सहज होस् भनेर डा.महतलाई परराष्ट्र मन्त्री बनाएको बताइएको छ । संघीय गठबन्धन सरकारमा सहभागी हुने भयो भने माओवादी केन्द्रले पनि दुई मन्त्रालय छाड्नु पर्ने हुन्छ ।

डा.महतको पद गुम्ने हल्लाले परराष्ट्र मन्त्रालयमा कर्मचारीहरूले उनलाई टेर्न छाडेका छन् । कर्मचारीहरूले डा.महतलाई सहयोग गर्न छाडेको एक कांग्रेसी नेताले बताए ।

‘काम लिएर गएको थिए । परराष्ट्रका कर्मचारीले डा.प्रकाश शरण महतलाई टेर्नै छाडेका रहेछन्’, ती कांग्रेसी नेताले भने, ‘उपेन्द्र यादव मन्त्री बन्ने हल्ला व्यापक रहेछ । त्यही भएर नटेरेका होलान् ।’

यसैबीच, परराष्ट्रमन्त्री डा.महत आइतबार नयाँ दिल्ली जाँदैछन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी मिलाउन नयाँ दिल्ली जान लागेका हुन् ।