२८ कार्तिक २०८३, शनिबार

उपेन्द्र यादवको संघीय गठबन्धनभित्र यसरी भयो ‘गाई काण्ड’

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Upendra Yadavकाठमाडौं, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आदिवासी जनजातिहरू बाहुल्य रहेका नेताहरूको सम्पर्कमा लगेपछि अहिले धर्म र संस्कारलाई लिएर बिबाद भएको छ ।

उपेन्द्र यादव कम्युनिष्ट स्कुलिङबाट राजनीतिमा आएकोले उनलाई धर्म र संस्कृतिको विषयले धेरै महत्व नराख्छ सक्छ । तर, धर्म र संस्कृतिलाई मान्दै आएका मधेसी मोर्चाका नेताहरूका लागि भने संघीय गठबन्धनभित्र उठेका कतिपय विषयले मनमुटाव बनाइ दिएको छ ।

कुरा हो, डेढ महिना अगाडिको । संघीय गठबन्धनको नाममा खुलामञ्चमा भएको रिले अनशनमा सहभागी जनजाति नेताहरूले आफ्ना भाषणमा ‘गाई’ काट्न पाउनु पर्ने र मासु खान पाउनुपर्ने भन्दै ठूलो–ठूलो स्वरमा भाषण गरेपछि मधेसी मोर्चाका नेताहरूले मन परेको थिएन ।

जनजाति नेताहरूको गाई काट्ने मागका कारण अनशन अवधिभरि मधेसी मोर्चाका ब्राम्हण नेताहरू कोही पनि उपस्थिति भएनन् ।

यतिसम्मकी तराई मधेस लोकतान्त्रिक पार्टीले महाधिवेशनको नाममा आफ्ना कुनै पनि प्रतिनिधि रिले अनशनमा पठाएको थिएन । मधेसी मोर्चाभित्र अधिकांश ब्राम्हण पृष्ठभूमिका नेताहरू छन् । राजनीतिक रुपमा धर्मनिरपेक्षका कुरा गरे पनि असलमा उनीहरू धर्म र संस्कृतिलाई नै संरक्षण गर्न चाहन्छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले मात्रै रिले अनशनलाई साथ दिएका थिए । उनले दैनिक सरह रिले अनशनमा खटिएर व्यवस्थापन गर्दै आए । स्रोतका अनुसार झालाई पनि गाई काट्ने माग मन परेको थिएन ।

मधेसी मोर्चामा तमलोपाका अध्यक्ष महन्थ ठाकुर ब्राम्हण जातिमा पर्छन् । उनलाई पनि जनजाति नेताहरूले गाई काट्न पाउनु पर्ने र मासु खाने कुरासँग पटक्कै मन परेको छैन ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पनि धर्म र संस्कारको विषयमा जनजाति नेताहरूको अभिव्यक्ति मन परेको छैन ।

त्यसको असर मधेसी मोर्चाभित्र र संघीय गठबन्धनम पर्न थालेको छ । संघीय गठबन्धनको बैठकहरूमा मधेसी मोर्चाका नेताहरू जानै छाडेका छन् । यस्तै अवस्था रह्यो भने संघीय गठबनध फुट्ने स्रोतको भनाइ छ ।

संघीय समाजवादी फोरम नेपालका अशोक राई, राजेन्द्र श्रेष्ठ, आङकाजी शेर्पा, नागरिक अगुवा पदमरत्न तुलाधर, ओम गुरुङ, कुमार लिङ्देन ‘मिराक’लगायतका नेताहरू गाई काटेर मासु खान पनि पाउनु पर्ने भन्दै क्रिश्चियनलाई फाइदा पुग्ने गरेर अभिव्यक्ति दिने गरेको मधेसी मोर्चाका केही नेताहरूको आरोप छ ।

मधेसी मोर्चाका नेताहरूलाई यो कुरा र माग चित्त नबुझेपछि नेताहरूवीच बोलचालनै नहुने गरेको स्रोतको भनाइ छ ।