काठमाडौं, २६ भदौ । दैनिक उपभोग्य सामाग्री र खाद्यान्नको मूल्य पचास प्रतिशत घटाउन माग गर्दै सडक आन्दोलनमा उत्रिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आज मुलुकभरि अन्तर क्रिया गर्ने जनाएको छ ।
अन्तरक्रियामा ‘विप्लव’ माओवादीले दैनिक उपभोग्य सामाग्रीको मूल्यमा पचास प्रतिशत घटाउन सरकारलाई दबाब दिनेछ । आज सबै जिल्लाहरूमा सोही विषयलाई लिएर अन्तरक्रिया हुन लागेको एक नेताले जनाए ।
यसैबीच, ‘विप्लव’ माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई सचेत गराउन भोलि सोमबार काठमाडौंमा जनसभा गर्दैछ । जनसभाको तयारी जारी रहेको स्रोतले जनाएको छ ।











प्रतिक्रिया