काठमाडौं, २६ भदौ । हाजिर गरेर सांसदहरू एनजिओको कार्यक्रममा भाग लिन गएपछि कोरम नपुगेर स्थगित भएको संसद बैठक आज बस्दैछ ।
बिहान एघार बजेपछि बस्ने बैठकमा विभिन्न विधेयकहरू सदनमा पेश गर्ने कार्यसूची रहेको बुझिएको छ । अघिल्लो बैठकमा कोरम नपुगेकाले ती विधेयक पेश हुन पाएका थिएनन् ।
एनजिओका गोष्ठी र कार्यक्रममा भाग लिन सांसदहरू हतार गर्ने गरेको आरोप छ । संसदमा जनताका माग तथा अधिकारका विषयमा आवाज उठाउन छाडेर एनजिओ र आइएनजिओका कार्यक्रममा गएपछि धेरै पटक सांसदहरूले आलोचना खेप्नु परेको छ ।
नेपालमा एनजिओ र आइएनजिओहरू हाबी हुँदै गएका छन् । उनीहरूका गलत कार्यको विरोध गरेर नियमन गर्नुपर्ने व्यक्ति सांसदहरू नै त्यसरी हिँडेपछि सदनमा कोरम नपुगेको संसद सचिवालयका एक कर्मचारीले बताए ।











प्रतिक्रिया