काठमाडौं, २६ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र केन्द्रीय कमिटीको बैठक तयारी स्वरुप एमालेको स्थायी समितिको बैठक बस्दैछ ।
दिउँसो एक बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा समग्र मुलुकको राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठकमा केन्द्रीय कमिटीमा पेश हुने एजेण्डा तयार गरिनेछ । बैठकमा संविधान संशोधनका विषयमा उठेका सवालमा पनि परामर्श हुने एक नेताले बताए ।
शनिबारदेखि सुरु भएको एमालेको स्थायी समिति बैठकमा सदस्यहरूले धारणा राख्न सुरु गरेका छन् । उनीहरूले आज पनि समसामयिक विषयमा धारणा राख्नेछन् ।
एमालेका अनुसार बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा यसअघि भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरिसकिएको छ ।











प्रतिक्रिया