१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरको झलारीमा तीन दिने देउडा प्रतियोगिता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuda-jhalari

महेन्द्रनगर, २५ भदौ । कञ्चनपुरको झलारी बजारमा शनिबारदेखि तीन दिने देउडा प्रतियोगिता सुरु भएको छ ।

झलारीपिपलाडी उद्योग वाणिज्य संघको आयोजित प्रतियोगितामा महिला तथा पुरुष गरी आठ वटा टिमको सहभागीता रहेको झलारीपिपलाडी उद्योग बाणिज्य संघका सदस्य तथा प्रतियोगिता संयोजक दिपकराज भट्टले जानकारी दिनुभयो ।

संयोजक भट्टले सुदूरपश्चिमको प्रख्यात देउडाको संरक्षण एवं सम्र्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिता उद्घाटन समारोहमा सुदूरपश्चिमका लोक देउडा गायक भोजराज भट्ट, नवीन सिंह धामी, लालबहादुर धामी, हेमा जोशी, डम्बर खड्का लगायतका कलाकारहरुको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्ने देउडियालाई पुरस्कृत गरिनेछ ।

व्यवसायिक हक, हितका निम्ती सन्देशमुलक देउडा प्रतियोगितामा ८ ओट टिमको सहभागीता रहेको छ ।

Deuda-jhalari-1

कार्यक्रका प्रमुख अतिथी चर्चित लोक तथा दोहरी गायक भोजराज भट्टले कला संस्कृति जोगिएमात्र नेपालीको पहिचान रहने भएकोले कला संस्कृतिलाई जोगाउन सबैले आ-आफ्नो क्षेत्रवाट लाग्नु पर्नेमा जोड दिनुभयो साथै उहाले आफ्ना चर्चित देउडा गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थिए ।

झलारीपिपलाडी उद्योग वाण्ज्यि संघका अध्यक्ष हरेन्द्र कुमार भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा झलारी पिपलाडी नगर पालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थी, नेपाली काग्रेसका पार्टी प्रतिनिधी भवानी भट्ट,नेकपा एमालेका देव दत्त भट्ट र नेकपा माओवादी केन्द्रका लोकेन्द्र ऐरी विशिष्ट अतिथी रहनु भएको थियो ।

अतिथीहरुलाई स्वागत कार्यक्रम संयोजक दिपक राज भट्टले गर्नु भएको थियो । भने कार्यक्रमको संचालन हरीभान सावदले गर्नु भएको थियो । प्रतियोगितामा विजयी समूहलाई क्रमशः १५ हजार, १० हजार एक, पाँच हजार रुपैयाँ नगद र सम्मानसहित पुरस्कृत गरिने ओजकले जानकारी दिएको छ ।