काठमाडौं, २५ भदौ । देशभरका स्वतन्त्र युवा र युवाका क्षेत्रमा काम गर्ने देशभरका ग्रैर सरकारी संघसस्थाको छाता सगंठन नेपाल स्वतन्त्र युवा संघले बिगत बर्षमा जस्तै यसबर्ष राष्ट्रिय पत्रकारिता सम्मान २०७२ बाट नागरिक दैनिकका सम्पादक गुणराज लुँइटेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
युवाको सवाल र बिषयलाई मिडियाका माध्यमबाट पैरवी गरेकाले यहि भाद्ध २८ गते एक बिशेष कार्यक्रम गरी सम्मान गरिने छ । यो सम्मान बि.स २०७१ मा नेपाल समाचार पत्रका सम्पादक टंक पन्त र बि.स २०७२ सालमा कान्तिपुर दैनिकका समाचार सम्पादक हरिवहादुर थापालाई प्रदान गरिएको थियो ।
त्यसैगरी टेलिभिजनतर्फ न्यूज ट्वान्टीफोरका समाचार प्रमुख शुसिल अर्याल, अनलाइनतर्फ अन्नपुर्ण डटकमका सम्पादक बिष्णु सुवेदी, पत्रिकातर्फ नयाँ पत्रिका दैनिकका बविन शर्मा र रेडियोतर्फ थाहा सञ्चार गृहका समाचार सम्पादक दिपेन्द्र कुँवरलाई ्उत्कृष्ट युवा पत्रकार प्रतिभा सम्मान २०७२ बाट सम्मान गर्ने निणर्य पनि गरेको सघका अध्यक्ष बिशाल गैरेले जनाएका छन ।
नेपाल स्वतन्त्र युवा सघको शनिबाार बसेको बैठकले नेपालको युवा अभियानलाई संसारभर चिनाउन अमेरिकामा बसेर युवा अभियानमा सक्रिय युवा राम गुरुङ्लाई यस बर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान २०७२ बाट सम्मान गर्ने निणर्य गरेको छ ।
त्यसैगरी २२ बर्षमा सि.ए पास गर्ने नेपाली बैंकर ३० बर्षीय बैर्कर सुरेश देवकोटा, त्रि.विले २०७२ मा लिएको बीएसडब्लु परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने प्रतिक्षा सर्मा र नेपालको शिक्षा र सिपको क्षेत्रमा क्रियाशिल दावा लामालाई राष्ट्रिय युवा प्रतिभा सम्मान २०७२ पदकबाट सम्मानित गर्ने निणर्य गरिएको छ ।
सघको स्थापनाको ५ बसन्तमा आइपुग्दा ११ अञ्चलका ५३ युवा संघसस्ंथाहरु, २३ जिल्ला शाखा, १५ सल्लाहकार समिति, १६३ आजीवन सदस्य र ४३ सय युवाहरु साधारण सदस्य रहेको पनि अध्यक्ष गैरेले जानकारी गराएका छन ।
समृद्ध नेपालका लागी युवा अभियान भन्ने मुल नाराका साथ नेपाल स्वतन्त्र युवा संघले शिक्षा, शुसासन, उधमशीलताको क्षेत्रमा कार्य गरीरहनुका साथै नेतृत्व बिकाससम्वन्धी निःशुल्करुपमा युवाहरुलाई तालीम प्रदान गदै आएको छ ।












प्रतिक्रिया