२८ कार्तिक २०८३, शनिबार

एमालेले भारत भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने, राष्ट्रिय हित प्राथमिकतामा राख्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने भएको छ ।

शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले भारत भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल तथा नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

‘बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको छ,’ सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘उक्त भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुहरुका बारेमा पार्टीको उच्चस्तरीय प्रतिनिधमण्डलले प्रधानमन्त्रीसँग भेटी छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।’

बैठकमा मुलुकको समसामयिक परिस्थिति र पार्टीको संगठनात्मक कामका बारेमा पनि छलफल भएको थियो ।