मलेखु (धादिङ), २५ भदौ । पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट गाविस–८ गोमतीपुलमा दुईवटा बस आज आपसमा ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा सुर्खेतका ५१ वर्षीय गगनसिंह थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार काठमाडाँैबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४३६२ नं को बस र सुर्खेतबाट काठमाडाँैतर्फ आउँदै ग।रेको ना ४ ख ६४०१ नं को बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइते सबैको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । रासस












प्रतिक्रिया