१ कार्तिक २०८३, आइतबार

फिल्म ‘जोली एलएलबी २’ को लागि अक्षयले दैनिक १ करोड पारिश्रमिक लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akshay-kumarमुम्बई । हालसालै सुन्नमा आएका थियो अक्षय कुमारले भारतको राष्ट्रिय पुरुस्कार जित्ने फिल्म ‘जोली एलएलबी २’ मा अशरद वारसीको ठाउँ ओगठ्ने छन् । तर, अब उनले यस रोलको लागि धेरैभन्दा धेरै रुपैयाँ लिइरहेका सुन्नमा आएको छ ।

बलिउड एक विशाल बिजनेस हब बनिसकेको छ, जहाँ एक्टर र चलचित्र बनाउनेले धेरै भन्दा धेरै रुपैयाँ कमाउन थालेका छन् ।

यस्तै ‘जोली एलएलबी २’ को लागि बलिउड एक्टर अक्षय कुमारले प्रत्येक दिनको लागि १ करोड रुपैयाँ लिने हल्ला फैलिएको छ ।

मुम्बई मिररमा प्रकाशित एक रिपोर्ट अनुसार अक्षय कुमार आफैंले चलचित्र बनाउनेसँग प्रतिदिनको हिसाबले रुपैयाँ दिन प्रस्ताव गरेका छन् ।

खास गरेर बलिउडको कुनैपनि चलचित्र शुटिङ गर्न ४० देखि ४५ दिनसम्म लाग्छ । यस तरिकाले अक्षय कुमारले राम्रो आम्दानी गर्ने छन् ।