१ कार्तिक २०८३, आइतबार

छक्का पन्जाले पहिलोपटक राख्यो नयाँ रेकर्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

6ka-panja-team

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ले नयाँ रेकर्ड कायम गरेको छ ।

कलाकार एवं निर्माता दीपकराज गिरीका अनुसार छक्का पन्जाले नेपालकै पूरानो गोपि कृष्णको ६ वटै हल हाउसफÞुल गराएर रेकर्ड कायम गरेको छ ।

देशभरका अन्य हलहरु भरिभराउ रहेको वितरकहरुले बताएका छन् । फिल्ममा वैदेशिक रोजगारीको समसामयिक कथा छ ।

निर्माता दीपकले लेखेका छन्–

पछिल्लो अपडेट…….
कूनै पनि फिल्मले गोपिकृष्णको ६ वटै हल हाउसफÞुल
गरेको पहिलो रेकर्ड …. देशभर अन्य रेकर्ड राख्ने क्रममा
जय दर्शक!! जय नेपाली सिनेमा !!!

यसअघि उनले शनिबार विहानै लेखेका थिएः

शनिबारको बिहानिको रिपोर्ट…..
–गोपीकृष्ण को एउटा हल बाहेक सबै हलमा छक्का पन्जा
– अष्ट नारायणका ३ वटा ठूला हलहरूमा छक्का पन्जा
– मल्टिप्ल्क्स बिहानको शोहरू पनि भरि भराउ
त्यो भन्दा पनि खुशिको कुरा दर्शकहरू हरेक संबादमा हास्नु हुन्छ .. रमाउनु हुन्छ!!!
जय नेपाली सिनेमा