२ कार्तिक २०८३, सोमबार

उद्यमशीलताको विकास आवश्यक : उद्योगमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खस्यौली (बुटवल), २५ भदौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकभित्र उद्योग सञ्चालन गर्ने वातावरण बनाउने बताउनुभएको छ ।
बुटवल जेसिजले आजदेखि सुरु गरेको जेसिज सप्ताहको उद्घाटन गर्दै उहाँले आफूले उद्योग सञ्चालनको वातावरण बनाउने र युवालाई उद्योगी बनाउने अभियान सञ्चालन गर्न जेसिजलाई आग्रह गर्नुभयो ।

‘देशलाई समृद्ध बनाउने हो भने उद्यमशीलता विकास गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो–“त्यसका लागि वातावरण बनाउन म तयार छु ।”

जेसिज सप्ताहको पहिलो दिन आज सामाजिक विकासमा योगदान पु¥याएका चार जनालाई सम्मान गरिएको छ । बुटवललाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै समाजसेवी गणेशमान सैंजु, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै मुटु अस्पतालका अध्यक्ष एजाज आलम, शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै प्राध्यापक आनन्दमान सिंह शाक्य र नेपालमै नवीन व्यवसाय अष्ट्रिज चराको व्यावसायिकपालन गर्नुभएका अष्ट्रिज नेपालका सिपी शर्मालाई उद्योगमन्त्री जोशी र बुटवल जेसिजका अध्यक्ष राजु पौडेलले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यहि भदौ ३० गतेसम्म सञ्चालन हुने उक्त जेसिज सप्ताहमा विभिन्न सामाजिक काम गरी मनाइने कार्यक्रम रहेको संयोजक यमप्रसाद तिवारीले बताउनुभयो । रासस