२८ कार्तिक २०८३, शनिबार

एकाएक दिल्लीले बोलायो परराष्ट्रमन्त्री डा.महतलाई, आइतबार भारत जाने

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash Sharan Mahatकाठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत आइतबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

उच्च स्रोतका अनुसार परराष्ट्रमन्त्री डा.महत नयाँ दिल्लीमा पुगेर दाहालको भ्रमणको तयारी गर्ने छन् ।

प्रधानमन्त्री दाहालले भदौको ३० गतेदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । दाहालको भ्रमणलाई लिएर नयाँदिल्लीले तयारी सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चार दिनको भ्रमणमा जान लागेका दाहालले पनि भारतसँग कुन कुन विषयमा कुरा गर्दा ठीक हुन्छ भनेर विज्ञहरूका साथै विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै आएका छन् ।

भोलि आइतबार नयाँदिल्ली पुग्ने परराष्ट्रमन्त्री डा.महतले भारतीय विदेश मन्त्री र बरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हैदराबाद हाउसमा भेट्ने छन् ।

भेटका क्रममा दाहाल र मोदीवीच केही सम्झौता हुने समाचारमा उल्लेख छ । भ्रमणका बेला दाहालले भारतीय राष्ट्रपति प्रणब मुखर्जीसँग पनि औपचारिक कुराकानी गर्ने जनाइएको छ ।