२८ कार्तिक २०८३, शनिबार

‘विप्लव’ माओवादीका यी दुई ठूला नेता विदेशतिर घुम्न जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biplav Maoकाठमाडौं, २५ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का दुई शीर्ष नेता विदेश घुम्ने जाने भएका छन् ।

पार्टीमा ‘विप्लव’पछि दोस्रो तहका नेता एवम् प्रवक्ता खड्क विश्वकर्मा र स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला जापानको राजधानी टोकियो जान लागेका हुन् । उनीहरू आगामी हप्ता टोकियो प्रस्थान गर्ने उच्च स्रोतले जनाएको छ ।

जापानमा रहेको ‘विप्लव’ माओवादी निकट नेपाली जनप्रगतिशील समाज जापनको दोस्रो सम्मेलनमा विश्वकर्मा र बास्तोलाले भाग लिनेछन् । सम्मेलन टोकियोस्थित शिनओकुबोमा रहेको नेपाली मुरा हलमा सेप्टेम्बर २४ तारिखमा हुनेछ ।

‘विप्लव’ माओवादीका नेताहरू अहिले विभिन्न बहानामा सुटुक्क विदेश भ्रमणमा जाने गरेका छन् । चीनमा पनि बेलाबेला गइरहने ‘विप्लव’ माओवादीका नेताहरू यूरोपतिर पनि जाने गरेको स्रोतको भनाइ छ ।

आर्थिक विशेषमा बिबादमा आइरहने ‘विप्लव’ माओवादीमा प्रवक्ता विश्वकर्माका विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

विश्वकर्मा नेतृत्वको आर्थिक विभागमा रहेका सदस्य र पदाधिकारी भ्रष्ट र नैतिक आचरण गुमाएकाहरू भएको भन्दै आलोना भइरहेको छ ।