१ कार्तिक २०८३, आइतबार

आमिरको नयाँ फिल्मको लागत ह्वात्तै बढ्यो, अमिताभ पनी खेल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amir-khanमुम्बई । आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चनसंग खेल्न पाउनेभएपछि आमिर खानले खुसी व्यक्त गरेका छन् ।

आमिर अभिनित धूम–३ का निर्देशकले नै यो फिल्म निर्देशन गर्दैछन् ।

यो फिल्मको बजेट पनि ठूलो हुने भएको छ । भारतीय मिडियाका अनुसार अब फिल्म निर्माणको लागि १५० करोड भारु (करिब २४० करोड रुपैयाँ) खर्च गरिने तय भएको छ ।

फिल्मको लागि दिपिका पादुकोणको नाम चर्चामा छ । यशराज ब्यानरबाटै फिल्ममा इन्ट्री गरेकी अर्की नायिका अनुष्का शर्मा फिल्मको नायिका हुने चर्चा पनि छ । तर, फिल्मका लागि अभिनेत्री पक्का भएकी छैनन् ।