२ कार्तिक २०८३, सोमबार

रोयल फुटवेयरद्वारा ‘जुत्ता किन्दा चप्पल उपहार’ योजना सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

royal-shoes-press-release-press-release

काठमाडौं, २४ भदौ । रोयल फुटवेयर प्रालिले अधिकृत विक्रेता भेटघाट–२०७२ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीद्वारा आयोजित उक्त कार्यक्रम मार्फत उपभोक्ताका लागि दशैँ तिहार उपहार योजनापनि सार्वजनिक गरेको छ । कम्पनीले उपभोक्ताका लागि ‘दशैँ तिहारको बहार जुत्ता किन्दा चप्पल उपहार’ स्किम सार्वजनिक गरेको हो । साथै, दशैँ तिहार लक्षित गर्दै कम्पनीले १ सय भन्दा बढी आकर्षक डिजाइनमा नयाँ जुत्ताका मोडलपनि सार्वजनिक गरेको छ ।

कम्पनीद्वारा सार्वजनिक उपहार योजना अन्तर्गत उपभोक्ताले रोयल शुको कुनै १ जोर जुत्ता खरिद गर्दा १ जोर रोयल चप्पल उपहार स्वरुप प्राप्त गर्नेछन् । कम्पनीले पछिल्लो संस्करणको स्क्र्याच कार्ड योजनालाई पनि निरन्तर्ता दिएकोे छ ।

स्क्रयाच कार्ड मार्फत उपभोक्ताले रू १०० देखि रू १,००,००० सम्मको नगद उपहार जित्न सक्ने जानकारी दिइएको छ । साथै, उपभोक्ताले ५ प्रतिशत देखि १ सय प्रतिशत सम्मको छुट समेत प्राप्त गर्न सक्नेछन् ।