२ कार्तिक २०८३, सोमबार

पशुपति पेन्ट्सको ‘महापर्वको रङेत्सव’ योजना, बम्पर पुरस्कार रोयल एन्फिल्ड बाइक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Festive offer_pashupati paints_for pr

काठमाडौं, २४ भदौ । पशुपति पेन्ट्सले आफ्ना उपभोक्ताहरुका लागि नयाँ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनिले नेपालीहरुको महान चाड बडा दशै र तिहार लक्षित गर्दै ‘महापर्वको रङेत्सव’ उपहार योजना सार्वजनिक गरेको हो ।

‘महापर्वको रङेत्सव’ योजना अन्तर्गत पशुपति पेन्ट्सको खरिदमा उपभोक्तालाई एउटा उपहार कुपन उपलब्ध गराइन्छ । तर, उपहार कुपनका लागि चालिस हजार वा सो भन्दा बढी मूल्य बराबरको पेन्ट्सको खरिद गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ । यसरी उपलब्ध गराइएको उपहार कुपनहरु मध्यबाट गोलाप्रथा मार्फत विजेताको छनोट गरिनेछ । विजेतालेहरुले स्मार्ट टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, चाँदी, सुन लगायत उपहारहरु जित्न सक्नेछन् । योजनाको बम्पर उपहारका रुपमा १ जना भाग्यशाली विजेतालाई कम्पनीका तर्फबाट रोयल एण्फिल्ड बाइक प्रदान गरिने जानकारी दिइएको छ ।

योजना भदौ १५ देखि कर्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।