काठमाडौं, २४ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालतिर छड्के नजर नलगाउन चेतावनी दक्षिण छिमेकी भारतलाई चेतावनी दिएका छन् ।
शुक्रबार पार्टीको युवा खेलकुद विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले भारतको नामै लिएर नेपालतिर छड्के नजर नलगाउन चेतावनी दिए । उनले भने– ‘भारतसँग हाम्रो कुनै समस्या छैन । हाम्रो आग्रह यतिमात्र हो, यसो हात यतातिर नलाए पुग्छ ।’
मुलुकको हित विपरीत विदेशी शक्तिको इशारामा काम गर्नेहरु अचेल खुलेआम नेपालीलाई हप्काउन थालेको उनले अगाडि भने– ‘पहिले लुकाउँथे, तर अहिले अहिले छाती फुकाएर हामीलाई हप्काउन थाले, यो गम्भिर कुरो हो ।
कांग्रेस नेतृ सुजाता कोइराला र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी कार्यक्रममा उनले संसदमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भन्दै मयुर नाँच देखाएको आरोप पनि लगाए ।












प्रतिक्रिया