१ कार्तिक २०८३, आइतबार

सकियो ‘पाँचौ नेपाल-अफ्रिका फिल्म फेस्टिवल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

African-film-festival

काठमाडौं । पाँचौं नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ शुक्रबार सकिएको छ । नीर शाह निर्देशित फिल्म ‘मसान’ स्क्रिनिङसँगै तीनदिने फेस्टिवलको समापन गरिएको छ । फेस्टिवलको गएको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

फेस्टिवल समापन समारोहका प्रमुख अतिथिका रुपमा सहभागी अभिनेता राजेश हमालले अफ्रिकन फिल्मले त्यहाँको जनजीवन र विकासले उजागर गरेको बताउँदै उनीहरुबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । फेस्टिवलमा सहभागी अधिकांश फिल्ममा गृहयुद्धको चपेटामा परेको जनजीवन चित्रित थिए । अभिनेता हमालले भने, ‘फिल्म समाजको दर्पण हो, जो कुरा आज अफ्रिकी फिल्महरुले दर्साएका छन् । जसले गर्दामा हामीले त्यहाँको कष्टकर जीवनसँगै पछिल्लो समयको विकासक्रमलाई बुझ्ने अवसर मिल्यो ।’

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन ‘सीजेएमसी’द्वारा आयोजित फेस्टिवलमा यसपटक नेपाललगायत विभिन्न नौ अफ्रिकी मुलुकका फिल्म स्क्रिनिङ गरिएको थियो । फेस्टिवलको अन्तिम दिन शुक्रबार ‘मसान’का अलावा इजिप्टको शाद हेन्डाई निर्देशित चलचित्र ‘डोआ अजिया’ र अल्जेरियाको यमिन बचिर निर्देशित ‘रचिड’ स्क्रिनिङ गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीकी प्रोफेशर क्रिस्टिना, युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राक मुटुङ्गी, तान्जिनियाका फिल्म निर्देशक मार्टिन महान्दुलगायत एक दर्जनभन्दा बढी फिल्मकर्मी काठमाडौमा छन् ।

समापन कार्यक्रममा बोल्दै ओस्लो युनिभर्सिटीकी प्रोफेशर तथा फिल्मकर्मी क्रिस्टिनाले भनिन्, ‘यस फेस्टिवलमा सहभागी हुन पाँउदा अत्यन्त खुसी लाग्यो । आगामी वर्षहरुमा पनि सहभागी हुने प्रतिवद्धता गर्दछु ।’ उनले नेपाल अति सुन्दर देश लागेको समेत बताइन् । ‘नेपाल सानो देश हो भन्ने मलाई थाहा छ’ क्रिस्टिनाले भनिन्, ‘तर, सानो भए पनि सुन्दर छ ।’ त्यस्तै, दक्षिण सुडान फिल्मकर्मी तथा डक्युमेन्ट्री निर्देशक चाप्लिन खाराले सुडान फिल्मका लागि पछि परेको बताए । उनले भने, ‘मेरो देश दक्षिण सुडान जन्मेको धेरै भएको छैन । त्यसैले फिल्ममार्फत दक्षिण सुडानलाई विश्वसामु चिनाउने सोच छ ।’

तान्जिनियाका फिल्म निर्देशक मार्टिनले भने, ‘अधिकांश अफ्रिकी मुलुक गृहयुद्धको चपेटाले गर्दा पछाडि परेका छन् । केही मुलुक विकासतर्फ लम्किरहेका छन् । जसलाई फिल्ममार्फत उजागर गर्ने प्रयास भइरहेको छ ।’ उनले नेपाल–अफ्रिका फिल्म फेस्टिवल संस्कृति तथा देशको भूगोलबारे सुचना आदान–प्रदान राम्रो माध्यम भएको बताए । ‘नेपाल सानो देश भएपनि सुन्दर र सांस्कृतिको धनी छ’ उनले भने, ‘यसपटक नेपाल बसाइमा धेरै कुरा बुझ्न पाएँ । जुन अवसर फेस्टिवले जुराएको हो ।’

फेस्टिवलमा गिनिया बिसाउको ‘ब्याटल अफ टोबाटो’, बुर्किना फासोको ‘तसुना’, साउथ अफ्रिकाको ‘फुल्स’ र डेनमार्कको ‘मिनियाम्बा’ इजिप्टको ‘डोया अजिजा’ र अल्जेरियाको ‘रचिडा’ स्क्रिनिङ गरिएको थियो ।

फेस्टिवलकी निर्देशक डा. मञ्जु मिश्रले समापन कार्यक्रममा भनिन्, ‘गएको वर्षमा झैं यसपटक पनि अफ्रिकाको भू–राजनीति, जनजीवन, संस्कृति तथा परम्परा चित्रित फिल्म देखाएका छौं ।’ उनले फेस्टिवलले नेपाल–अफ्रिकाबीच सांस्कृतिक आदान–प्रदान तथा सामाजिक विकासमा सहयोग पु¥याउँने विश्वास गर्दै आगमी वर्षहरुमा अझै धेरै फिल्म समेट्ने बताइन् । उनले भनिन्, ‘पाँचौ संस्करणसम्म आइपुग्दा खुसी लागेको छ । सुरुमा यो फेस्टिवल गर्न लाग्दा धेरैलाई किन ? भन्थे । तर अहिले सबैको साथ र सहयोग पाएकी छु ।’