१ कार्तिक २०८३, आइतबार

हिमालको काखमा हुर्किदाको मर्म र मज्जा ‘हिमालकी छोरीले’ ओकल्ने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himal ki choriकाठमाडौ । समाजका अनेकौँ परिवेशमा आधारित पुस्तक त तपाई हामी सबैले पढ्दै आएका छौ ।

हामीले पढ्न नपाएको परिवेश हिमालको काखमा हुर्किँदाको मर्म र मज्जामा आधारित पुस्तक पढ्ने मौकापनि अब नजिकै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा हुर्किएका हिमालकी छोरीहरुको यर्थाथ समेटिएको उपन्यास ‘हिमालकी छोरी’ले अब तपाईको त्यो खुराकको तलतल मेटाउने भएको छ ।

शेर्पा समुदायमै अर्थात हिमालकै काखमा हुर्किएर आज विश्वकै चर्चित नेपाली महिलाको रुपमा स्थापित लाक्पाफुटी शेर्पाद्धारा लिखित उक्त उपन्यासले हिमालनै नदेखेकाहरुलाई पनि त्यही पुर्याएर त्यो समाजको सबै परिवेशमा घुलमिल गराउनेछ । जुन पुस्तक शुक्रबार दिउँसो २ः३० बजे काठमाडौका भृकुटिमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा विमोचन हुँदैछ । पुस्तक विमोचनमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाही लगायतका आधा दर्जन मन्त्री एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको उपस्थिती हुनेछन् । राष्ट्रिय अन्र्तराष्ट्रिय चर्चाका व्यक्तिहरु कोही नछुट्ने गरि कार्यक्रममा निम्तो दिएकी छु लेखिका शेर्पाले जनबोलीलाई जानकारी दिनुभयो ।

उपन्यासकी पात्र छेची जसको वैश र रुप हिमालको छायाँले सुर्यको किरणलाई छेकेपछि लुगलुग बनेको बनस्पति जस्तो मात्र रहिरहेन । समयले चैत्र, वैशाखमा सुर्यको किरणको बलले हिमाली क्षेत्रमा बसन्तमा मात्तिएको वनस्पती पालुवा जस्तै बनाइदियो । उपन्यासमा पात्र छेचीलाई यसरीनै निक्कै चोटिलो रुपमा प्रस्तुत गरिएको छ । एउटै पात्रले सारा समुदायको प्रतिनिधित्व गर्ने गरि उभ्याइएको छ । बीचबीचमा समेटिएका यौनिकता, प्रेमभावले उपन्यासलाई निक्कै रोमान्टिक बनाएको छ । उपन्यास पुरै पढिसक्दा सबै पाठकलाई लाग्न सक्छ की हिमाली परिवेशलाई साँच्चै न्याय गरेर लेखिएको पुस्तक अब यही नै मात्र छ ।

लेखिका आफैपनि मानिसका लागि प्रेरणाको स्रोत भएकी महिलाको रुपमा स्थापित हुनुहुन्छ । कापीकिताब बोकेर विद्यालय जाने उमेरमा मजदुरी काममा उमेर गुजारेकी लाक्पाफुटी शेर्पा अहिले देशकै प्रतिष्ठित स्थानमा पुग्न सफल नाम हो । उहाँ लेखिकाका रुपमा मात्र स्थापित हुनुहुन्न नेपालको पर्यटन विकासका लागि महत्वपर्ण योगदान दिइरहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक बनेर झण्डै एक दशक लामो योगदान देशका लागि दिइरहनुभएको छ । दुई कार्यकालसम्म प्रतिष्ठानमा रहँदा शेर्पाले देशको पर्यटन विकासका लागि पुर्याएको योगदान प्रशंसनीय छ । औपचारिक शिक्षाको रूपमा चार महिनामात्र विद्यालय जाने अवसर पाउनुभएकी शेर्पा घरको कामदेखि अधिकांश मजदुरीका काम गर्दै टुरिस्ट गाइड देखि राज्यको प्रतिष्ठित पदमा पुग्न सफल हुनुभएको छ ।

उहाँले आफ्ना तिनै अनुभव सँगालेर आत्मवृत्तान्त ूहिमालमा चालीस वर्षू पुस्तक यसअघि नै पाठकमाझ ल्याउनुभएको छ । पुस्तकमा शेर्पाले जीवनका सुख, दुःख र सफलताको यात्रा वर्णन गर्नुभएको छ । सरकारी ओहोदामा बसेर काम गर्दा दर्जन मन्त्री र दर्जन सचिव फेरिइसके तर उहाँको आवश्यकता प्रतिष्ठानले अझै महशुस गरेको छ । हिमालको काखदेखि पुस्तक तयार गर्दासम्मको यात्रा लेखक शेर्पाका लागि सामान्य थिएन।

पासाङ ल्हामु शेर्पाको सहयात्री भएर सगरमाथा चढ्दादेखि, विश्वका विभिन्न ठाउँ घुमेको अनुभव त्यो पुस्तकमा प्रस्तुत गरिएको छ । जसको अंग्रेजी संस्करणपनि हिमालकी छोरी बिमोचनको समयमा बिमोचन हुँदैछ । जसमा पहिलो पटक सगरमाथा चढ्दादेखि जीवनका अनगिन्ती भोगाइलाई समेटिएको छ ।

लाक्पाफुटी शेर्पा नेपालकी पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको सहयात्री हुनुहुन्थ्यो । पासाङ ल्हामु शेर्पा अलिक अघि लाक्पाफुटी शेर्पा अलिक पछि तर एउटै टोलीमा सहभागी हुनुहुन्थ्यो । केही घण्टाको अघिपछिमा पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेर फर्किदै गर्दा मौषम प्रतिकुल बन्यो । पासाङ ल्हामु शेर्पाले ज्यान गुमाउन पुग्नुभयो । त्यसपछि लाक्पाफुटी सहित अन्य सहयोगी र साथीहरुको टोली शिखर नपुगी फर्किएको थियो । तर त्यो बिषय जहिलै ओझेलमा पर्यो । विषय गौरव भन्दापनि शोकमा जोडिएका कारण लाक्पाफुटीले चर्चाका लागि खासै त्यो बिषय ओकल्नु भएन । तर त्यो विषय उहाँका पुस्तकमा पढ्न पाइन्छ ।