१ कार्तिक २०८३, आइतबार

हाउसफुल भएपछि दिपाले गरिन् दीपकलाई किस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepa-priyanka-kissed-deepak

काठमाडौं । बिहानी शोमै हाउस फुल भएपछि निर्देशक दिपा श्री निरौलाले स्क्रिप्ट राइटर दिपक गिरीलाई किस गरेकी छन् ।

शुक्रबार देखि देशभरिका ८० भन्दा बढी हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ले बिहानैको शोमा दर्शकको उल्लेख्य साथ पाएको बताइएको छ ।

चाबहिलस्थित गोपीकृष्ण हलमा शुक्रबार बिहानैको शोमा हाउसफुल भएपछि भुईमा बसेर हेरेकी दिपा र नायिका प्रियंका कार्कीले सोचे भन्दा बढी दर्शकको उपस्थित भएकाले आफुलाई खुसी लागेको बताइन् ।
दिपकले पनि बिहानको शोमा दर्शकको सन्तोषजनक र उत्साहपुर्ण साथ पाएकोले आफु खुसी भएको बताएका छन् ।

बिहानको शोमा गापीकृष्ण हलमा उपस्थित दर्शकहरुले पनि चलचित्र निकै मन परेको बताएका छन् ।