काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणका क्रममा पशुपतिनाथ मन्दिर पुनर्निर्माणको ठेक्का भारतलाई दिने भएका छन् ।
सरकारले प्रधानमन्त्रीको भ्रमणका क्रममा पशुपतिको पश्चिम ढोकाबाट मुल मन्दिर तथा कोरक्षेत्र बाहेक बाँकी क्षेत्र पुनर्निर्माणको जिम्मा भारतलाई दिने सम्झौताको तयारी गरेको हो ।
पश्चिम ढोकाबाट भित्र मुलमन्दिरसहित कोर क्षेत्र भने आफैंले बनाउन चाहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले बताए ।
यसबारे प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणमा दुबै देशबीच समझदारी गर्न प्रयास गर्ने अधिकारीहरुको भनाई छ ।












प्रतिक्रिया