२८ कार्तिक २०८३, शनिबार

प्रचण्डले दिने भनेको २० किलो चामल, दिनुभन्दा पहिले नै प्रचण्डलाई नै फिर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-1कालिकोट, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा जन्मिँदा र मृत्यु हुदाँ २० किलो चामल दिने भनेर गरेको घोषणाको कर्णालीबासीले विरोध गरेका छन् ।

प्रचण्डले बिहीबार संसदलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका थिए ।

कर्णालीमा जन्मिदा र मृत्यु हुँदा २० किलो चामल दिने सरकारी नीतिले कर्णालीबासीको आत्मसम्मानमा चोट पुगेको र कर्णालीप्रति सरकारको हेपाहा प्रवृति अझैँ बाकी रहेको भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्तिले प्रष्ट्याएको छ भन्दै कर्णालीबासीले विरोध गरेका हुन् ।

यसैक्रममा अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुका साथै २० किलो चामल दिने नीतिविरुद्ध प्रतिकात्मक विरोधस्वरुप २० किलो चामलसमेत फिर्ता पठाएको अनेरास्ववियु कालिकोट जिल्ला सदस्य मायाराम चौलागाईँले बताए ।