२८ कार्तिक २०८३, शनिबार

कांग्रेसलाई नै चुनौति दिँदै प्रचण्डले गरे अर्काे घोषणा, धोका हुने संकेत!

49.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संसदीय दलको बैठकमा प्रचण्ड ।
संसदीय दलको बैठकमा प्रचण्ड ।

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार २०७४ साल माघसम्म कायम रहने दाबी गरेका छन् ।

सरकारको म्याद ९ महिना तोकिएका बेला शुक्रबार सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो सरकार १८ महिनासम्म रहने दाबी गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकार ढाल्दा कांग्रेस र माओवादीबीच तीनवटै तहको निर्वाचन हुन्जेल ९–९ महिना सरकार चलाउने सहमति भएको थियो । जसअनुसार पहिलो ९ महिना प्रचण्ड र अर्काे ९ महिना शेरबहादुर देउवाले नेतृत्व गर्ने उल्लेख छ । आफ्नो ९ महिनाको २ महिना गुजारिसकेका प्रचण्डले उक्त सहमति विपरित कांग्रेसलाई चुनौति दिनेगरी बैठकमा आफ्नो सरकारले तीनवटै निर्वाचन सम्पन्न गर्ने दाबी गरेका हुन् ।

यसबाट कांग्रेसलाई धोका हुने संकेत देखिएको छ । भनिन्छ सत्ताको कुर्सी छोड्न गाह्रै हुन्छ । जून कुराको संकेत प्रचण्डको भनाईबाट हुनथालेको छ ।

बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता समेत रहेका प्रचण्डले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने जानकारी गराउँदै दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन पनि दिए । उनले भने- ‘ हाम्रो नेतृत्वको सरकार तीनवटै निर्वाचन सम्पन्न गरिन्जेलसम्म रहन्छ । त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ ।’

संविधान कार्यान्वयनका लागि आगामी ०७४ माघसम्ममा स्थानीय, प्रदेश र केन्द्रको चुनाव गरिसक्नुपर्छ ।