२ कार्तिक २०८३, सोमबार

दलको सत्ता र कर्मचारीको बढुवा स्वार्थले विकास हुन सकेन : निर्माण व्यबसायी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nirman bebasayeभक्तपुर, २४ भदौ । निर्माण व्यवसायीहरुले राजनीतिक दलहरुको सत्ता स्वार्थ र कर्मचारीहरुको बढुवा स्वार्थका कारण मुलुकको विकास निर्माण तिब्र गतिमा हुन नसकेको बताएका छन् ।

निर्माण व्यवसायी संघ भक्तपुृरका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले दल र कर्मचारीहरुको निहित स्वार्थका कारण मुलुकको विकास गति पछाडि धकेलिएको बताए ।

उनले सरकारले आर्थिक तथा सार्वजनिक खरिद ऐन संशोधन गरि ११ हजार निर्माण व्यवसायीलाई विस्थापित गर्ने षडयन्त्र गरेको समेत बताए ।

महासंघका बरिष्ठ उपाध्यक्ष बिष्णुभाई श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता र कर्मचारीको सोच परिवर्तन नभएसम्म नेपालको विकासको अवस्था दयनिय नै भइरहने बताए । श्रेष्ठले दललाई अस्थिर राजनीतिक निकास दिन र कर्मचारीलाई पदलोलुपता त्यागेर काम गर्न आग्रह समेत गरे ।

महासंघका महासचिव रामशरण देउजाले देशभित्रै उच्च प्राविधिक सिप भएका र अत्याधुनिक उपकरण भएका व्यवसायीहरु भएकाले उनीहरुलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले निर्माण व्यवसायीहरुभित्रै पनि कमि कमजोरी हुन सक्ने र त्यस्ता कमजोरीहरुलाई सरकारले औल्याएर मार्ग निर्देशन गर्न समेत आग्रह गरे ।

कार्यक्रममा निर्माण व्यवसायी संघ भक्तपुरका संस्थापक अध्यक्ष मधुराम लामिछाने, अध्यक्ष निरञ्जन बजगाईं, निवर्तमान अध्यक्ष राजाराम न्हिसुतु, पूर्व प्रथम उपाध्यक्ष राजकुमार बस्ताकोटीलगायतले सरकारले अब बनाउने नियमावलीमा महासंघसंग सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सपथ ग्रहण कार्यक्रममा संघको छैठौं अधिवेशन तथा १६ औं बार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण तथा पदस्थापन गराइएको थियो । अधिवेशनले निरञ्जन बजगाईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

जसको बरिष्ठ उपाध्यक्षमा शिवप्रसाद शिल्पकार, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्धितिय उपाध्यक्षमा लव गिरी, महासचिवमा बिजयकुमार देउजा, उपमहासचिवमा रामचन्द्र प्रधानाङ्ग, कोषाध्यक्षमा प्रेम खत्री, सह–कोषाध्यक्षमा अशोक भडेल र सदस्यहरुमा हरिशरण बाँस्तोला, साधुराम दाहाल, सोम प्रधान, राजकुमार खड्का, गिता न्यौपाने, श्यामकाजी थापा श्रेष्ठ निर्वाचित भएका थिए ।