सिंगापुर । गत सेप्टेम्बर ६ तारिखमा सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ भएको छ ।
समुन्द्री जीवनको संरक्षण र प्रवद्र्धनमा लक्षित प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १२ जना सिंगापुरी युवतीहरुको सहभागिता रहेको थिए ।
जलपरी अर्थात् मर्मेडको आवरणमा प्रस्तुत भएका सहभागी सुन्दरीहरुवीचको प्रतियोगिता क्रमशः क्याजुयल वेयर पहिरन, प्रश्न उत्तर चरण, बिकिनी वेयर तथा ककटेल वेयरको प्रस्तुतिसँगै विजेताको चयन गर्दै टुङ्गिएको थियो ।
नेपालस्थित ई प्लानेट प्रा.लि.को शाखा कार्यालय ई प्लानेट सिंगापुरले आयोजना गरेको सो प्रतियोगितामा अड्री चेन विजेता बनेका थिए ।
अड्रीले प्रतियोगितामा वेष्ट ट्यालेन्ट, मिस पपुलारिटी र टप इन्फ्लेन्सर अवार्डमा पनि आफूलाई अब्बल देखाएकी थिइन् ।
प्रतियोगिताको फस्ट रनरअपमा एन सी जिन र सेकेन्ड रनरअपमा एस्थर एङ विजेता चयन भएका थिए ।
उनीहरु क्रमशः द फेस अफ मर्मेड २०१६ एम्बेसडर तथा एम्बेसडर अफ द इयर २०१६का रुपमा पनि चयन भएका थिए । मिस मर्मेड सिंगापुर २०१६ सिंगापुर बुक अफ रेकर्डस् समेत दर्ता भएको छ ।















प्रतिक्रिया