काठमाडौं, ४ भदौ । मधेसी मोर्चाका नेता तथा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा बोलेका कुरालाई पूरक बजेटमार्फत कार्यान्वयनमा लैजान सक्नुपर्ने भन्दै आफूहरू उत्साहित नरहेको टिप्पणी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष भण्डारीले प्रधानमन्त्री दाहालका अभिव्यक्ति कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यूले संसदमा बोल्नुका भएका कुरा कार्यान्वयन हुनुपर्छ । त्यसका लागि पूरक बजेट ल्याउनु पर्छ’, उहाँले भन्नुभयो, ‘बोलेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।’
मधेसी मोर्चासँग भएका कतिपय सहमति कार्यान्वयन नभएको बताउनुभएका रामसपा अध्यक्ष भण्डारीले भन्नुभयो, ‘संसदमा बोलेकका कुरालाई कार्यान्वयन गर्नुपर्छ । पूरक बजेट ल्याउनु पर्छ । मुखले मात्रै बोल्ने होइन ।’
उहाँले मधेसी मोर्चाका माग पूरा नभएको भन्दै सरकार र मधेसी मोर्चावीचको दूरी मौखिक रुपमा बोल्दैमा नघट्ने उल्लेख गर्नुभयो ।











प्रतिक्रिया