२८ कार्तिक २०८३, शनिबार

‘प्रचण्ड’ बल्ल एमालेकै पथमा आइपुगे, ओली सरकारकै कार्यक्रमलाई दिए निरन्तरता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim Rawalकाठमाडौं, २४ भदौ । एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको मन्तव्यप्रति कानुनी र संवैधानिक प्रश्न उठाउनु भएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै रावलले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले कुन नियमावली र कानुनी व्यवस्थाअनुसार संसदमा सम्बोधन गर्नुभयो ? यसको जवाफ जनतालाई चाहिन्छ ।’

उहाँले संसदमा बोल्नका लागि प्रधानमन्त्रीलाई कुनै समस्या नरहेको बताउँदै भन्नुभयो, ‘प्रधानमन्त्री ज्यूले सरकारको नीति तथा कार्यक्रम जस्तो गरेर सम्बोधन गरेकाले हामीले त्यसको कानुनी र संवैधानिक प्रावधानको कुरा उठाएका हौँ ।’

एमाले उपाध्यक्ष रावलले प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा सरकारको नीति तथा कार्यक्रम जस्तो गरेर भाषण गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री दाहालको सम्बोधनमा रहेका विषयमा सत्तासाझेदार नेपाली कांग्रेसले समेत अनभित्रता प्रकट गरेको दाबी गर्नुभएका नेता रावलले केपी ओली नेतृत्वको सरकारका कार्यक्रमभन्दा केही फरक नरहेको बताउनुभयो ।

‘एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालमा रहेका कार्यक्रमभन्दा केही नयाँ छैन’, उहाँले भन्नुभयो, ‘अघिल्लो सरकारलाई पछ्याएर कार्यक्रम ल्याइएका छन् । त्यसको कार्यान्वयन कसरी हुन्छ ? बजेट कहाँबाट आउँछ केही भनिएको छैन । त्यसको पुष्टि हुनुपर्छ । जथाभावी बोलेर मात्रै हुँदैन ।’

नेता रावलले प्रचण्ड एमालेकै सरकार पालाका कार्यक्रमलाई पछ्याउँदै अघिल्लो सरकारको पथमा आइपुगेको बताउनुभयो ।

बिहीबार प्रधानमन्त्री दाहालले संसदमा दिनुभएको सम्बोधनका विषयमा प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रश्न उठाउँदै आएको छ ।