१ कार्तिक २०८३, आइतबार

भूकम्प पीडितलाई सहयोग गर्न जपानिज डिजे र डान्सर नेपालमा (फोटो फिचर)

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japanes-dancer-nepal

काठमाडौं । भूकम्प पीडितलाई सहयोग गर्न कनेक्ट द युनिभर्स, नेपाल स्कुल प्रोजेक्टको सांगितिक टोली नेपाल भ्रमणमा आएको छ ।

गत वर्षको विनाशकारी भूकम्प पश्चात निर्माण यो ग्रुपले जापानको विभिन्न शहरमा डीजे तथा डान्स प्रस्तुत गरि नेपालका विद्यालय निर्माण गर्न आर्थिक सहयोग जुटाई हाल काभ्रे जिल्ला जैशीथोक गाविस स्थित जनजागृति प्राथमिक विद्यालय निर्माण भइरहेको छ ।

Japanes-dancer-nepal-3

डीजे होलिडेको साथमा २० जना जापानी युवा सांगितिक टोलीले नेपालमा विभिन्न ठाउँमा डीजे तथा डान्स पर्फर्म (प्रस्तुत) गरिसकेका छन् । काठमाडौंको केएल टावर, अंकुर विद्याश्रम, काभ्रे जैशिपोरस्थित जनजागृति प्राविमा यो टोलीले कार्यक्रम गरेको छ । भूकम्पबाट पीडित नेपालीहरुलाई खुसी र हौसला दिने उद्देश्यले उनीहरु नेपाल आएका हुन् ।

नेपाल बसाईको क्रममा काठमाडौंस्थित ग्लोबल कलेजका विद्यार्थीहरुसँग मैत्रीपूर्ण बास्केट बल म्याच समेत खेलाइएको  । कनटेट द युनिभर्सको अध्यक्ष हिरोकी सिगेताको नेतृत्वमा आएको उक्त टोलीलाई आई.जि.सी. फाउण्डेशनका संयोजक गणेशमान लामाको संयोजकत्वमा आयोजना भएको थियो । टोलीलाई क्वानसेर्ड गाकुर्डन युनिभर्सिटीका डान्सरले डान्स प्रस्तुत गरेका थिए ।

Japanes-dancer-nepal-4

यो कार्यक्रम क्योतो युनिभर्सिटी अफ फरेन ल्याङ्गवेज स्टडिज, पीकेजी प्रोजेक्ट, टिम नमस्ते, आईजीसी फाउण्डेशनर, इभेन्ट लोलको सहयोगमा सम्पन्न भएको थियो । कनटेट द युनिभर्सका अध्यक्ष सिगेता हिरोकीले भूकम्प पश्चात लगातार नेपालको भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्दै आएका छन् । अध्यक्ष सिगेता हिरोकीले भने– ‘नेपालमा विद्यालय भवनहरु भत्किएका छन् । यसको पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले डीजे एण्ड जापनिज डान्सहरु प्रस्तुत गर्दै फण्ड राईज गर्दै हिडेका छौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं । हामी नेपालका बालबालिकालाई माया गर्छाै । त्यसैले उनीहरु शिक्षाबाट वञ्चित नहोस भन्ने हाम्रो चाहना हो ।’

कार्यक्रम आई.जि.सी. फाउण्डेशनका संयोजक गणेशमान लामाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Japanes-dancer-nepal-1 Japanes-dancer-nepal-2   Japanes-dancer-nepal-5 Japanes-dancer-nepal-6 Japanes-dancer-nepal-7 Japanes-dancer-nepal-8 Japanes-dancer-nepal-9